२ पुस, काठमाडौं । आज बुधबार तराईका अधिकांश भू-भागमा र पहाडी केही स्थानहरूमा समेत हुस्सु र कुहिरो लागेको माैसम पुर्वानुमान शाखाले बताएकाे छ ।

पश्चिम तराई, मध्य तराई र पूर्व तराईमा अझै केहि दिन हुस्सु र कुहिरो लाग्ने माैसमविद्ले बताएका छन ।

यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्षकै न्यूनतम तापक्रम बुधबार बिहान ३.७ मापन भएको हो ।

माैसमविदका अनुसार, काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । तापक्रम अझै घट्ने अनुमान छ ।