२ पुस, काठमाडौं । बुधबार सुनको मूल्य १ सय बढेकाे छ ।

मंगलबार तोलामा ७१ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ७१ हजार ६ सय मूल्यमा कारोबार भएको छ ।

यस्तै, मंगलबार तेजावी सुन तोलामा ७१ हजार २ सय मा कारोबार भएकोमा बुधबार १ सय बढेर ७१ हजार ३ सय पुगेकाे छ ।

चाँदी आज बुधबार तोलामा ८ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे मंगलबार चाँदी ताेलाकाे ८ सय ५० नै रहेकाे थियाे ।