२ पुस, काठमाडौं । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत चिनियाँ कम्पनीले सरकारले तोकेको समय भन्दा पहिले नै सकेर हस्तान्तरण गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे र ट्याक्सी वे मर्मतको काम तोकिएको समय भन्दा पहिले नै सकाएर चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले मंगलबार औपचारिक रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
कर्पोरेशनका उपाध्यक्ष युन कोजिहाले प्राधिकरणका महानिर्देशकलाई आयोजना हस्तान्तरण गरेका हुन्। चिनियाँ कम्पनीले तोकिए भन्दा पहिले नै निर्माण पूरा गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि अब विमानस्थल पुन: २१ घण्टा सन्चालनमा आउने छ।
यो मर्मतपछि त्रिभुवन विमानस्थलबाट अब २४ घण्टा जहाज उडान सञ्चालन गर्न सकिने भएको पर्यटन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए।








