२ पुस, काठमाडौं । लाखौं मुल्यका सुनका गरगहना, ल्याप्टप चोरी गरीकाे आराेपमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका वडा नं. ८ बस्ने बर्ष १८ को साजन पराजुली रहेका छन ।
सुनका गरगहना र ल्याप्टप गरी अनुमानित ७ लाख ६१ बराबरकाे सरसामान उनले चाेरी गरेर भग्दै गरेकाे अवस्थामा उनलाइ मकवानपुर प्रहरीले पक्राउ गरेकाे जानकारी दिएकाे छ ।








