२ पुस, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बुधबार बोलाइएको बैठक पनि स्थगित भएको छ। बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो।
एजेन्डामा सहमित नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ।
बुधबार पनि असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्ने संकेत दिएपछि सभापति शेरबहादुर देउवाले पुस ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।








