३ पुस, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी बीचको दुई बुँदे सहमतिले दिर्घकालीन असर नपार्ने दाबी गरेका छन् ।
दुई पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले सो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भनेका छन्, राष्ट्रियसभाको निर्वाचनमा तालमेल भनेको विशुद्द कार्यनीतिक र तत्कलिक मुद्दा हो । यसलाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशंका गर्नु उपयुक्त हुन्न ।’ भट्टराईले संविधान संशोधन जस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुुनुपर्नेमा जोड दिँदै भनेका छन्,‘ संविधान संशोधनजस्ता रणनीतिक मुद्दा मिल्ने शक्तिहरु एकताबद्ध हुनैपर्छ । नत्र दुईवटा बिरालाको झगडामा बाँदरले रोटी खाइदिएजस्तो हुनसक्छ ।’








