३ पुस, काठमाडौं । बिहीबार सुन चाँदीको मूल्य स्थिर रहेकाे छ ।
बुधबार तोलामा ७१ हजार ६ सय मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार पनि ७१ हजार ६ सय मूल्यमा नै कारोबार भएको छ ।
यस्तै, बुधबार तेजावी सुन तोलामा ७१ हजार ३ सय मा कारोबार भएकोमा बिहीबार पनि साेही मुल्य १ सय बढेर ७१ हजार ३ सयमा काराेबार भइरहेकाे छ ।
चाँदी आज बिहीबार तोलामा ८ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे बुधबार चाँदी ताेलाकाे ८ सय ५० नै रहेकाे थियाे ।








