३ पुस, काठमाडौं । तराईका भुभागहरुमा हिजो भन्दा आज मौसममा क्रमिक सुधार हुदै गएता पनि दिउँसो राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आएर चिसो नै रहने माैसमविदले जानकारी दिएका छन ।
हाल तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु कुहिरो लागेको माैसम बिभागले जानकारी दिएकाे छ । साथै मध्य र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको छ।
पश्चिम तराईमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ र दिन भरि नहट्ने माैसमविद्ले बताएका छन।
त्यस्तै मध्य तराईमा पनि अहिले सामान्य हुस्सु कुहिरो लागेको छ र अपरान्ह सम्म हट्ने पुर्वानुमान गरिएकाे छ ।
पूर्व तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म हट्ने माैसम पुर्वानुमान शाखाले जानकारी दिएकाे छ ।








