३ पुस, काठमाडौं । सडकआश्रित मानव मुक्त काठमाडौं महानगरपालिका घोषणा एवं निर्माण महाअभियान अन्तर्गत बेसहाराहरूकाे उद्धार गरिएकाे छ ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत काठमाण्डौं महानगरपालिकाको अयोजनामा
“रात्रीकालिन सडकसेवा” कार्यक्रम संचालन गरिएकाे हाे ।

काठमाण्डौ महानगरपालिका, नेपाल प्रहरी, मानव सेवा आश्रम, अन्य विभिन्न सामाजिक संघसंस्थाहरु एवं स्थानियहरुको सहभागितामा २०७६ मंसिर २९ गते देखि सञ्चालनमा आएको उक्त अभियानमा हालसम्म २१६ जना व्यक्तिहरुलाई गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्चर, कलंकी, जनसेवा, स्वयम्भू, सिनामंगल, भत्केकोपुल, कमलादी, सेतोपुल, बसपार्क लगायतका विभिन्न स्थानहरुबाट उद्धार गरिसकिएकाे प्रहरीले जानकारी दिएकाे छ ।