३ पुस, उदयपुर ।  उदयपुरको गोठडाँडामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दार्जलिङबाट नेपाल घुम्न आएको भारतीय बोलेरो जीप उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे।

दुर्घटनामा पाँच जना घाइते भएका छन्।

भारतीय नम्बर प्लेट भएको बोलेरो अनियन्त्रित भई सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका-३ निवासी ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ३६ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
उदयपुरले जनाएको छ।

थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।