३ पुस,काठमाडौं । संसदको हिँउदे अधिवेशन शुरु हुनुभन्दा एक दिन अगाडि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे १ बजेपछि बस्नेगरी बैठक बोलाइएको हो ।

संसदमा के के विषयलाई कसरी उठाउने, उठाउनु पर्ने विषयबस्तुहरु के के छन् भन्ने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस सांसद डा डिला संग्रौलाले बताइन ।

कांग्रेसले आफ्ना सांसदहरूलाई संसदमा नियमित उपस्थित भएर आम नागरिकको चासोका विषयलाई सशक्त रुपमा उठाउन, विधेयकहरु र समसामयीक विषयमा पर्याप्त अध्ययन अनुसन्धान र विश्लेषण गर्न निर्देशन दिने तयारी गरेको छ ।