युवा इन्जिनियरहरुले स्थापना गरेको ‘ई–बहान मोटोकर्प’का संस्थापक अविरल पोखरेलको टिमको सपना हो, नेपालका थोत्रा र कवाड सवारी साधनलाई फेरि सडकमा ल्याएर कुदाउने । उनीहरुको सपना पूरा भयो भने सडकमा फर्किने सवारीले कालो धुवाँ फाल्ने छैनन्, बरु ब्याट्रीबाट चल्नेछन् र देशभित्र उत्पादन भएको बिजुली खपतमा सहयोग पुर्‍याउनेछन् ।

तर, यो टिम विगत ८ महिनादेखि सिंहदरबार, यातायात व्यवस्था विभाग र प्रदेशअन्तर्गतका यातायात कार्यालयहरुमा धाउँदा–धाउँदै वाक्कदिक्क भइसक्यो ।

पेट्रोलियम सवारीलाई विद्युतीयमा बदल्ने नीति छ, अनुमति छैन