लक्ष्मी बैङ्कले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३८ औँ शाखा सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा न. १ मा सञ्चालनमा ल्याएको छ ।

खाँदबारीको सजक टोलमा रहेको यो शाखा मार्फत बैङ्कले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैङ्कको शाखा सञ्जाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैङ्कले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको ब‌ैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।