बर्खा लागिसक्यो। बिहान घमाइलो भए पनि दिनभर कतिखेर पानी पर्ने हो पत्तो हुँदैन।बर्खे पानीबाट बच्न बटुवाले छाता बोक्न थालेका छन् अनि बाइकवालाले रेनकोट। काठमाडौंमा सडक जलाम्य हुने भएकाले पानीमा बाइक कुदाउनुपर्छ, जोगिन ‘रेनकोट’ बोक्नैपर्छ।

वर्षायामलाई लक्षित गरेर मुलुकमा बर्सेनि करोडौंका छाता र रनेकोट आयात हुने गरेको छ। तयारी छातामात्र होइन, छाता बनाउन प्रयोग हुने कपडा पनि विदेशबाटै आयात हुन्छ। चालू आर्थिक वर्षको पछिल्ला १० महिनामा ५७ करोड ९३ लाख २९ हजारभन्दा बढी मूल्यका छाता र रेनकोट आयात भएका छन्

। मुलुकमै छाता र रेनकोट उत्पादन हुनसके करोडौं रुपैयाँ विदेशिनबाट रोकिन सक्छ।

भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा मुलुकमा ३१ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँका ३६ लाख ५९ हजार ४ सय ७ छाता थान भित्रिएका छन्।

१० महिनाको अवधिमा २६ करोड ५५ लाख २९ हजार रुपैयाँका ४ लाख ९३ हजार ५ सय ९१ थान रेनकोट भित्रिएका छन्।

नेपाल न्यूज डटकमले तयार पारेको यो स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्